sevenstartv.com ७ फागुन २०८१, बुधवार

जासुसी उपन्यास लेखक श्रीधर खनालको निधन

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको हो । 

उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् ।

डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घन्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्