भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताएकी हुन् ।
उनले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको बताइन् । आफूले गरेका कामहरुको मूल्यांकन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।