'राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ'

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।
मंगलबार शीतल निवासमा माघे संक्रान्तिको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले परम्परागत रुपमा प्राचीन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताए ।
उनले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरूको जनजीवन रहेको उल्लेख गरे।