sevenstartv.com ७ फागुन २०८१, बुधवार

विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : डा. आरजु राणा

२९ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सो कुरा बताएकी हुन् । 

 उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’ उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन् ।

मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताइन् । उनले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताइन् ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्