sevenstartv.com ७ फागुन २०८१, बुधवार

धादिङमा युवकको हत्या, आरोपित पक्राउ

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । धादिङमा लेनदेन विवादमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङकै खनियाबास गाउँपालिका- १ झार्लाङका २४ वर्षीय नेशन तामाङ पक्राउ परेका हुन् ।

उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ । नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्