sevenstartv.com ६ माघ २०८१, आइतवार

एनपीएल : विराटनगरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

१८ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित्र त्रिवि मैदानमा टस जितेर विराटनगर किंग्सले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलको पहिलो खेल खेल्दैछ । विराटनगर भने उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन र पोखराको दोस्रो खेल दिउँसो १ बजे प्रारम्भ हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ ।

पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ । चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्