जनकपुरविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् । जनकपुर बोल्टस्ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ । जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् ।
आजै बिहान भएको दोस्रो दिनको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुआत गरेकाे छ ।