चितवन राइनोजको विजयी सुरुवात, काठमाडौं गुर्खाज ५ विकेटले पराजित
काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो ।
काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।
काठमाडौंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन । सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
काठमाडौंले सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।