नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०की देवका लामिछाने विजयी भएकी छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा लामिछानेले ४ हजार २ सय ७२ मतसहित विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३ हजार १ सय ४७ मत ल्याएर पराजित भइन् । नेकपा एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत ल्याइन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन् ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको २०८० साल कात्तिक १७ गते गएको भूकम्पमा मृत्यु भएपछि यो उपनिर्वाचन भएको हो ।