बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमाले १७ सय ४० मतसहित विजयी
धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा १७ सय ४० मतसहित विजयी भएकी छन् ।
भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै विजयी भएकी हुन् । कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् ।
अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।