sevenstartv.com ६ माघ २०८१, आइतवार

यु-१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको हो । 

पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ । नेपालले श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो । 

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।  एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्