रामेछापमा सुमो दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु
काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।