sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

१४ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । एसीसी पुरुष अन्डर-नाइन्टिन एसिया कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ ।

दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो। सो सिरिज ३-२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

टेस्ट राष्ट्र श्रीलंकाको अन्डर-१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन । बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ । हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर९नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । अर्को खेलमा  आजै अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह एमा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्