sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल

१३ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  मुलुकमा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । 
बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले परिमार्जन गरेका कानूनहरु संशोधन भएपनि नियमावलीहरु बन्न बाँकी रहेको बताउनु भयो । उहाँले अब मुलुकमा थप आन्तरिक तथा वाह्य लगानीको लागि कानून संशोधन र नियमावलीहरुसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले मुलुकमा लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भएपनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अहिले निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेको बताउनु भयो । उहाँले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘विगतमा ऐन कानूनहरु केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ । सरकारले आन्तरिक तथा वाह्य लगानी सहजिकरण तथा वातावरण बनाउन अझै नीतिगत रुपमा धेरै सुधार गर्न आवश्यक छ । सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा वाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानून अझै परिवर्तन गर्नुपर्नेछ ।

उहाँले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताउनु भयो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्