'तलब खानेहरूले दुई प्रतिशत बीमा कोषमा योगदान गर्नुपर्छ'
काठमाडौं । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बीमा कोषमा जम्मा गर्नुपर्ने बताएका छन् । आज पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटनमाउनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताएका हुन् ।
तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बीमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्त्वाकाङ्क्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यही बोलेको आरोप लगाएको पनि उनले बताएका छन् । रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भए पनि रोजगारी, आम्दानी नभएका तथा विपन्न परिवारका व्यक्तिहरूले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे ।
‘यो पारित भएको वा पूरा भएको कुरा होइन । हामीले प्रस्ताव गरेको कुरा के हो भने जसले तलब खान्छ उसको तलबको दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘यो कसरी सम्भव छ भन्ने कुरा प्रस्तावमा लेखिएको छ। कतिको रोजगारीको छैन, कतिले उपचार नै पाएका छैनन्। त्यसैले सम्बन्धित क्षेत्रमा जसले तलब खान्छ यसले दुई प्रतिशत योगदान गर्दा मात्रै पनि उपचार नै नपाएकाहरूले उपचार पाउन सक्छन्।’