sevenstartv.com १८ मंसिर २०८१, मङ्गलवार

बागमती प्रदेशले  अनुमानको १० प्रतिशत मात्र राजस्व सङ्कलन गर्यो

५ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं  । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा  बागमती प्रदेशले अनुमानको १० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।  प्रदेश सरकारले चालु आर्थिक वर्षका ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा ६ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । जुन लक्ष्य लिएको १० प्रतिशत हो । 


प्रदेश सरकारले बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरेकोमा १२.९५ प्रतिशत ९३ अर्ब ८२ करोड ८५ लाख ५६ हजार रुपैयाँ० सङ्कलन गरेको छ । प्रदेश सरकारले सो शीर्षक अन्तर्गत घरजग्गा रजिस्ट्रेसन दस्तुर बापत ४९ करोड ३८ लाख ६४ हजार रुपैयाँ ९६.४१ प्रतिशत०, मूल्य अभिवृद्धि कर १ अर्ब १९ करोड ५४ लाख ९ हजार  अन्त शुल्क कर ३९ करोड ९३ लाख १७ हजार रुपैयाँ, सवारी साधन कर १ अर्ब ६५ करोड ८९ लाख ७२ हजार रुपैयाँ, मनोरञ्जन कर १ लाख ३० हजार  विज्ञापन कर १३ लाख ६१ हजार रुपैयाँ, दहत्तर बहत्तरको बिक्रीबाट ७ करोड ९४ लाख  ९९ हजार रुपैयाँ  सङ्कलन गरेको छ ।


प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त अनुदान १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेको छ । जसमध्ये पहिलो त्रैमासिकमा प्रदेश सरकारले २ अर्ब ६ करोड ८ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्