झापाको हल्दीबारी गाउँपालिकाले किसानलाई दियो कृषि सामाग्री
काठमाडौं । झापको हल्दीबारी गाउँपालिकाले किसानका लागि इलोक्ट्रिक स्प्रे तथा मकै रोप्ने औजार वितरण गरेको छ ।
कृषि शाखा अन्र्तगत वितरण गरिएको कृषि सामाग्री वितरण समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन लगायतको उपस्थिती रहेको थियो । झापाको उत्कृष्ट पालिकाको रुपमा रहेको हल्दीबारी गाउँपालिकाले नागरिकको सेवाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।