sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

दुई तिहाइको सरकार घातक भएको छ : सभापति लामिछाने

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताएका छन् ।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको कांग्रेस र एमालेको सरकार घातक भएको बताएका हुन् ।

उनले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसद्हरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरे । 

उनले कांग्रेस र एमालेका सांसद्हरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए । उनले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्