'न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु हुँदैन'
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् । बार परिसरमा पत्रकार सम्मेलन गर्दै उहाँले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने बताएका हुन् ।
उनले न्याय परिषद्ले सोमबार आफूबिरुद्ध खेद प्रस्ताव पास गरेको भन्दै न्याय परिषद्ले गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताउए । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताएका छन् । उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिए ।