sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

नेप्से परिसूचक ११४.७० अंकले बढ्याे

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । शेयर बजार मंगलबार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ । 

मंगलबार  सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । मंगलबार २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ । 

मंगलबार  नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा मंगलबार  ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्