अमेरिकामा हेलेन नामक आँधीका कारण मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो
काठमाडौं । अमेरिकामा हेलेन नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ । आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको तथ्यांकले जनाएको छ ।
संघीय आपतकालीन व्यवस्थापन प्रशासन फेमाका कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन् ।
अधिकारीहरूले मृतकको संख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् ।