sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

नेप्से परिसूचक ४४.४५ अंकले बढ्याे

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेको छ । यो वृद्धिसँगै बजार २५०८ दशमलव ८६ अंकमा उक्लेको छ । आज ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३१९ कम्पनीको ९७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । १७ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिइडिबी हाइड्रोपावर अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

२ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन्।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्