sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

साहसिक उद्दारकर्ता चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री बहादुरसिंह लामाको घोषणा

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । 

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताए । काभ्रेको तेमाल गाउँपालिका-९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका  रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्