sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

नेपालले त्रिकोणात्मक टी-२० आई मा आज ओमानसँग खेल्दै

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आइतबार ओमानसँग खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल किंस सिटी मैलानमा आइतबार  राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ ।

लिग २ का ४ मध्ये तीनमा हार र एक खेल नतिजाविहीन भएको नेपाल टी-२० सिरिजको पहिलो खेलमा पनि पराजित भयो । शनिबार राति भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । यसअघि भएको लिग-२ मा पनि नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्