sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै त्रिविमा विद्यार्थीहरूको धर्ना

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै धर्ना सुरु गरेका छन् ।

बुधबारदेखि विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले धर्ना सुरु गरेका हुन् । त्रिवि सुधारको आफ्ना माग ३ दिनभित्र पूरा गर्न विद्यार्थीहरूले अल्टिमेटमसमेत दिएका छन् । विश्वविद्यालयले सुधार गर्नसक्ने कामसमेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरूको भविष्य धरापमा पारेको बताएका छन् । 

धर्नारत विद्यार्थीले एकै वर्षमा २ वर्षको परीक्षाका कारण ट्रान्सक्रिप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरूको ३ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने निर्णय गर्नुपर्ने, नियमविपरीत क्याम्पस र परीक्षा दिलाउने पनिकाका सम्बन्धित पक्षहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्ने,  प्राज्ञिक परिषद्‌ले मिति २०८०/१२/०४ गते विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउनेसम्बन्धी गरेको निर्णयको स्पष्टीकरण दिनुपर्ने र विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै नीति नियमहरू यथाशीघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने माग राखेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्