डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो
काठमाडौं । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ ।
हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको संक्रमणदर केही दिन अझै यसरी नै बढ्दै जाँदा यस पटकको दशैँमा डेंगु संक्रमण भयावह रूपम फैलने सम्भावना देखिएको छ ।
डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन् । डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन् ।