sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

सांस्कृतिक राष्ट्रिय संगित अवार्ड २०८१ भब्यताका साथ सम्पन्न

५ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । सांस्कृतिक राष्ट्रिय संगित अवार्ड २०८१ भब्यताका साथ सम्पन्न भएको छ । बिहिबार चलचित्र विकास बोर्डको सभाहलमा उपमा सञ्चार प्रालीले आयोजना गरेको सभ्य अनि भब्य कार्यक्रममा कलाकार, पत्रकार गितकार निर्देशक कलाक्रमी तथा लोकसंगित प्रेमीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएकोे थियो । कार्यक्रका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी तथा उपमा सञ्चार प्रा.लीका अध्यक्ष आशा गौतम, विशिष्ठ अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठठाराम अधिकारीले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो ।

वरिष्ठ पत्रकार तिर्थ कोइराला,पत्रकार संगिता अधिकारी,दशक सर्जक सम्मान साजन पराजुली,पहिलो महिला चलचित्र निर्देशक सुचिता श्रेष्ठ,निर्देशक बाबुराजा के.सी वरिष्ठ लोक गायक घमेश दुलाल,संगितकार सुफिक्स मदन, निर्देशक उमेश कार्की गितकार संगितकार, शिव सुवेदी बद्री शाह लगाएत १०० जना भन्दा बढिले अर्वाड तथा सम्मान पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले कलाकार देशको गहना भएको र सरकारले रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले देशको संस्कृति जोगाउने कलाकारले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले देशमा कलाकारलाई केहि गर्ने वातावरण दिनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठ्ठाराम अधिकारीले यति धेरै विधामा अवार्ड दने यो पहिलो आयोजक टिम रहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले यति आफु कार्यक्रमको सुरुवाती समय देखीनै हेरिरहेको र कलाकार जति देशको गहना अरु विधा नभएको बताउनुभयो । उहाँले कला र संस्कृतिको जगेर्ना लोकगितले गरको बताउनुभयो । कार्यक्रममा दर्जनौ स्रस्टाको सम्मान गरिएको थियो । क


 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्