sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

छाति चिरी हेर सानुका सर्जक साजन पराजुली दशक सर्जक सम्मानबाट सम्मानित

५ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । गितकार साजन दशक सर्जक सम्मानबाट सम्मानित हुनुभएको छ । बिहिबार चलचित्र विकास बोर्डको सभाहलमा उपमा सञ्चार प्रालीको आयोजनामा उहाँलाई सास्कृतिक राष्ट्रिय संगित अवार्ड २०८१को अवसरमा दशकको सर्जक सम्मान प्रदान गरिएको हो ।

कार्यक्रका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी तथा उपमा सञ्चार प्रा.लीका अध्यक्ष आशा गौतमले खादा माला तथा दोसल्ला ओडाएर सम्मान गरेको हो । दुई दशक देखी पराजुली नेपाली लोक तथा दोहोरी गीत तथा समग्र संगितको क्षेत्रमा ठुलो योगदानको कदर गर्दे उहाँलाई सम्मान गरेको आयोजक उपमा सञ्चार प्रा.लीले बताएको छ ।

पछिल्लो समय काठे तथा पश्चिमेली गितका रुपमा उदाउनुभएको हो, सिन्धुपाल्चोकमा जन्मिएका सर्जक साजन पराजुली । गित संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल हुनुहुन्छ गितकार तथा निर्देशक साजन पराजुली । उहाँले लेखेका दर्जन भन्दा बढि गित बजारमा लोकप्रिय छन् । छाति चिरी हेर सानु,दुबो झै जिवन,मोनालिसा,साथ छोड्यो छायाँले,दशै आयो जस्ता दर्जनौ गित दर्शकले रुचाएका छन् ।

उहाँको शब्द तथा छायाङकनमा बनेको खर्च दशैंलाई शब्द बोलको गित केहि दिनमा बजारका आउँदै छ । जसमा स्वर वरिष्ठ गायक घमेश दुलाल तथा सारदा रसाइलीको रहेको छ । पराजुली आफैमा एक स्रस्टा हुन जसले लोग संगितको क्षेत्रका अमुल्य योगदान पुर्याएका छन् । उनि आफैमा मोडल छायाँकार,निर्देशक समेत हुन । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्