सामसुङ कम्पनीका कामदारले सुरु गरे अनिश्चितकालिन हड्ताल
काठमाडौं । दक्षिण कोरियाको चर्चित विश्व ब्राण्ड सामसुङ इलोट्रोनिक्सका कर्मचारीहरूले बुधवार (जुलाई १०) बाट हड्ताल सुरु गरेका छन् ।
बीबीसीका अनुसार तलब वृद्धि तथा सेवा सुविधा बढाउन माग गर्दै ३० हजार कर्मचारीहरूले अनिश्चितकालिन हड्ताल गरेका हुन् ।
एक ट्रेड युनियनको आग्रहमा यस्तो हड्ताल हुन लागेको बताइएको छ । युनियनले व्यवस्थापनले कुराकानी गर्न अनिच्छा देखाएकोले हड्तालमा उत्रिनु परेको उल्लेख गरेको छ ।