sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

धानको उर्वर भूमिमा उखु खेती

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

बर्दिया । बर्दियाको राजापुर र गेरुवा क्षेत्र धान उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिन्छ। देशकै अन्नको भण्डार मानिने राजापुरमा चिनी मिल स्थापनाले स्थानीय किसानको आकर्षण उखु खेतीमा बढेको छ। 

कर्णाली र गेरुवा (कर्णाली) दुई ठूला नदीको टापुमा अवस्थित भौराक्षेत्र धान उत्पादनका लागि अब्बल मानिन्छ। किसानले उक्त क्षेत्रमा उखु खेती गर्न थालेपछि धान खेती घट्ने चिन्ता थपिएको छ। राजापुरका स्थानीय छप्पुराम थारूले भने, ‘राजापुर क्षेत्रमा चिनी मिल सञ्चालनका लागि अनुमति नै नदिनु पर्ने हो।

खोइ सरकारले कसरी अनुमति दियो। किसानले उखु लगाउन सुरु गरेका छन्। वन्यजन्तु प्रभावित क्षेत्रसमेत भएकाले उखु बारीमा वन्यजन्तु लुकेर मानवीय आक्रमण गर्न सक्ने अर्को त्रास छ।’ थारूले थपे, ‘राजापुर नगरपालिकाको वडा नम्बर २, ४ र ८ र गेरुवा गाउँपालिकाका धानखेती योग्य जमिनमा उखुखेती गरिएको छ। धानको उर्वर क्षेत्रमा उखु खेती उपयुक्त भएन।’ धान उत्पादन हुने क्षेत्रमा यस्तो खेती गर्न अनुपयुक्त हुने उनको बुझाइ छ। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्