sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

जनकपुरधाम उपमहानगर २४ का वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित रंगेहात पक्राउ

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले जनकपुरधाम उपमहानरका वडा नं २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजनालाई साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

टोलीले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्