(सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।
मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ ।उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् ।
ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।